• २०८३ बैशाख ८ गते मङ्गलवार

पोर्चुगल पठाईदिन्छु भनी पन्ध्र लाख ठगी गर्ने एक जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ घर भई हाल जिल्ला काठमाडौं २६ मित्रनगर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारी रहेका छन् ।

उनले पोर्चुगल प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएर टोपेन्द्र घर्तीसहित २ जनासँग पन्ध्र लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस