जेठ १८,काठमाडौँ । नेपाली कांग्रेसले बायोमेडिकल ईञ्जिनियरहरूको स्वयसेवी समुह बनाएर परिचालन गरेको छ ।
कोरोना उपचारका उपकरणको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निस्शुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
