• २०८३ बैशाख ६ गते आइतवार

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई मंगलबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० माघ २५ गतेको निर्णय बमोजिम पदोन्नति भएका हुन् ।

वि.सं. २०२४ आश्विन २५ गते ललितपुरमा जन्मिएका रथी थापा, वि.सं.२०४३ फाल्गुण ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी वि.सं. २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका हुन् । रथी थापाले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बाहिनीपति र पृतनापतिका साथै, पि.एस.ओज्. सचिव, सैनिक सचिव, युद्धकार्य विभागको विभागीय प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवं राष्ट्रिय सुरक्षा परिषद्को सह-संयोजकको जिम्मेवारी सम्हालेका छन् । पदोन्नतिसँगै रथी थापा श्री बलाध्यक्ष विभागमा नियुक्त भएका छन् ।

अमेरिका, मलेसिया र रसियामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी भएका रथी थापाले बङ्गलादेशबाट एनडीसी तालिम सम्पन्न गरेका छन् । यस्तै, युगोस्लाभिया, इथियोपिया र इरिट्रिया, लेवनान तथा कंगोमा शान्ति सेनामा सहभागी भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस