• २०८३ जेष्ठ २८ गते बिहिवार

मधेसले सच्यायो राजपत्रको निशान छापमा भएको त्रुटि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । मधेश प्रदेशले स्थायी नाम र राजधानी तोकेको सूचना जारी गरेको राजपत्रमा नेपालको पुरानै नक्सा प्रयोग भएकोमा नयाँ सूचना निकालेर त्रुटि सच्याएको छ। राजपत्रमा पुरानै नक्सा परेपछि मधेश प्रदेश सरकारको आलोचना भएपछि राजपत्रमा नयाँ नक्सासहितको निशान छाप राखेर नयाँ सूचना छापिएको हो।

अहिले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा भएको निशान छाप सहित राजपत्रमा सूचना निकालिएको छ। सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको बताएका छन्।

राजपत्रमा पहिले छापिएको सूचनामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नभएको निशान छाप उल्लेख थियो। माघ ३ गते प्रदेशले नाम मधेश र राजधानी जनकपुरधाम प्रदेशसभाबाट तोकेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस