• २०८३ जेष्ठ १८ गते सोमवार

१३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा पूर्वलडाकु पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, मकवानपुर । १३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा पूर्वलडाकु हरि श्रेष्ठ पक्राउ परेका छन् । मकवानपुरकी एक बालिकामाथि बलात्कार गरेको आरोपमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर श्रेष्ठ पक्राउ परेका हुन् ।

पीडित पक्षको जाहेरी अनुसार श्रेष्ठले फागुन ४ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सिन्धुली मरिन गाउँपालिका ७ का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धानको लागि हाल जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए । अहिले उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय सचिवालय सदस्य छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस