• २०८३ मङ्सिर ५ गते शुक्रवार

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दम्पती दोषी ठहर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज तामाङ दम्पतीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज तामाङ र उनकी श्रीमती सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार तामाङ दम्पतीबाहेक सोही मुद्दामा अरु ४ जना पनि दोषी ठहर भएका छन् ।

सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा दायर भएको मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । सजाय भने यही माघ २१ गतेको इजलास तोक्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस