कात्तिक ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच आइतबार साँझ भेटवार्ता भएको हो ।

दुई नेताबिचको भेटवार्ता नियमित भएको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा पछिल्ला घटनाक्रम, सरकारका कामकारबाहीबारे कुराकानी भएको बुझिएको छ ।