• २०८३ भाद्र १६ गते मङ्गलवार

महिला एशिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, काठमाडौँ । जारी महिला एशिया कपमा भारतले विजयी शुरुवात गरेको छ । समुह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै केवल १०८ रन बनाएको थियो ।

यस अघि शुक्रबार नै सम्पन्न समुह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।

अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस