• २०८३ बैशाख १९ गते शनिवार

कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो ।

यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको प्रत्यक्ष प्रसारण रोकेका थिए । आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको थियो ।

अब संसदको अर्को बैठक विहिबार ११ बजे बस्ने गरि स्थगित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस