• २०८३ जेष्ठ २५ गते सोमवार

७० किलो गाँजासहित मकवानपुरबाट ३ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, मकवानपुर। मकवानपुरकाे राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट अवैध लागूऔषध गाँजा करिब ७० किलो ६ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन् ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३-००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो । साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस