• २०८३ बैशाख ८ गते मङ्गलवार

एनपीएल : चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो ।

कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२, चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिए ।

अब कर्णालीले दोस्रो क्वालिफायरमा आजै हुने पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा अहिले दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस