• २०८३ भाद्र ११ गते बिहिवार

संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच उक्त सहमति भएको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउने सहमति भएको जानकारी दिए। समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस