• २०८३ जेष्ठ २७ गते बुधवार

सुनको मुल्य ताेलामा दुई सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २, काठमाडौं । आज सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज पनि चाँदीको मुल्यमा भने घटबढ भएको छैन । आज चाँदीको मुल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस