मंसिर २, काठमाडौं । सञ्चालनमा आएको दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले जानकारी दिएको छ । एकैपटक धेरै मानिस चढ्दा लिफ्ट बिग्रिएको हुन सक्ने विभागको भनाइ छ । अब लिफ्ट मर्मत गरे पनि केही समय सर्वसाधारणलाई चढ्न रोक लगाउने तयारी छ ।
गएको असोज ३ गते सर्वसाधारणका लागि पनि धरहरा खुला भएको थियो । २०७२ सालको भूकम्पमा ढलेको धरहराको काम ४० प्रतिशत मात्रै सकिएको बेला २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । यद्यपि धरहरा पुनर्निर्माणको काम अझै सकिएको छैन ।