भदौ २२, काठमाडौँ । नागरिक दैनिकमा ” रेड्क्रसमा करोडौं हिनामिना ” शीर्षक लेखले मनै झस्कायो ! १० वर्षको अबधिमा रेड्क्रसका पदाधिकारीले १६ अरबको हिसाबकिताब हिनामिना गरेको तथ्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समाजकल्याण परिषदमार्फत रास्टृय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजकत्वमा रेडक्रसका गतिबिधी छानबिन गर्न गठित कमिटीको प्रतिबेदनमा उल्लेखभएनुसार सो बिबरण सार्बजनिक गरिएको हो । यसरी लामो समयदेखि विभिन्न योजना , एन् जिओ , आइएनजिओ , संघ , संघठन खोली विभिन्न दलाल, बिचौलिया “जो राजनीतिक नेतृत्वको आडमा रमाउन चाहन्छन ” हरुको बोलवाला र मनपरीले गर्दा देस बाहिर बोक्रो भित्र खोक्रो भइसकेको तथ्य सार्वजनिक हुँदै गर्दा सो सम्बन्धित मन्त्रालयका सरोकारवाला ब्यक्तिहरु धन्यबादको पात्र बनेका छन । यसरी रेडक्रसमा रकम हिनामिना भएकोबारे धेरै पटक कुरा उठे पनि त्यसका पदाधिकारीले शक्ति र भक्तिका कारण दवाउदै आएकाले त्यहाका कर्मचारीहरुलाई नियमबिपरित तलव खुवाउने कार्य जारी रहेको भन्ने बुझिन आएकोले नै छानबिन कमिटी गठन गर्न बाध्य भएको कुरा सम्बन्धित निकाएका पदाधिकारीले बताएका छन ।
त्यस्तै कृषि तथा पशुपालन सम्बन्धमा अनुदान वितरण गर्दा कमिसनको चक्करमा वर्षौदेखि अनुदानको नाममा खल्तिमा योजना राख्ने , केही दिन हरिया फांट र क्षणिक चौपाया, दोपायाको गोठ र खोर देखाउने अनि बेचुन्जेल बेच्यो यदि मरे भनेपनि क्षतिपूर्ती ! कति आनन्द ! राजनीतिक पौच छंदैछ ! उता अर्कोतिर वास्तविक किसानलाईअत्तोपत्तो छैन ! तसर्थ , यो दलाल बिचौलिया प्रथाको अन्त्य नभएसम्म र उत्पादन सामाग्रीहरु वास्तविक किसानको आगनमा सम्बन्धित निकाएले नपुर्याएसम्म जतिसुकै बोक्राको भरमा खोक्रो नारा दिएपनि हुनेवाला केही छैन ।