• २०८३ बैशाख ७ गते सोमवार

न्युजिल्यान्डसँगको टेस्टको पहिलो पारीमा भारत ४६ रनमै अलआउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १, काठमाडौं । न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत ४६ रनमै अलआउट भएको छ । बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारत दोस्रो दिनको खाना समयपछि ४६ रनमा अलआउट भएको हो ।

भारतका ऋषभ पन्तले सबैभन्दा धेरै २० रन बनाए । यस्तै विराट कोहली, शरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले १ रन पनि जोड्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कीले ४ विकेट लिए ।

४६ रन भारतमा कुनै पनि टाेलीले टेस्ट क्रिकेटमा बनाएकाे सबैभन्दा कम स्काेर हाे । यस्तै ४६ रन टेस्टमा भारतकाे तेस्राे सबैभन्दा कम स्काेर हाे ।

वर्षाका कारण हिजो पहिलो दिनको खेल टस पनि नभई रद्द भएको थियो । भारत र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस