• २०८३ जेष्ठ ९ गते शनिवार

कालोसूचीमा परे चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी तथा आपूर्तिकर्ताले भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस