• २०८३ बैशाख ८ गते मङ्गलवार

एसीसी प्रिमियर कप : मलेसियामाथि हङकङको फराकिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले मलेसियालाई पराजित गरेको छ । समुह ए अन्तर्गत समुह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजति गरेको हो ।

मलेसियाले दिएको १४१ रनको लक्ष्य पछाएको हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि मलेसियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

यो जितपछि हङकङ समुह ए मा ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।

अब नेपाल र साउदी अरेबियाबीचको जारी खेलमा साउदी अरेबिया पराजित भएमा हङकङ समुह उपविजेता हुदै सेमिफाइनलमा जाने छ । साउदी अरेबियाले नेपाललाई पराजित गरेमा भने राम्रो रनरेटका आधारमा साउदी अरेबिया सेमिफाइनलमा पुग्ने छ । नेपाल भने यसअघि नै समुह विजेता हुदै सेमिफाइनलमा पुगिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस