फागुन ५, मोरङ । आमा छोरीलाई खुकुरी हान्ने एक जनालाई मोरङ प्रहरीले पेस्तोल र खुकुरी सहित पक्राउ छ। प्रहरीले मोरङको केराबारी गाउँपालिका-९ बाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका-१ का ५२ बर्षिय निर कुमार राईलाई पक्राउ गरेको हो।

बिहिबार बिहान केराबारी-९ भलुवाइ कि ५० वर्षिया जमुनादेबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई ४ राउण्ड गोली लोड भएको मेडइन इटाली लेखेको अटो पेस्तोल १ थान, मेडइन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।