• २०८३ जेष्ठ २८ गते बिहिवार

गठबन्धन सरकारले जनतामा आशा जगाउन सकेन: आनन्द पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले अहिले समाजको सबैभन्दा ठुलो चुनौती निराशा भएको बताएका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटी भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले त्यो निराशा र फ्रस्टेसन हरेक व्यक्तिमा भएको बताए।

सिङ्गो मुलुक फ्रस्टेसनको जञ्जाल भित्र फस्दै छ, यो नैराश्यता चिर्न सकिएन भने मुलुक बचाउन सकिँदैन, मुलुक असफल राष्ट्रतिर जान्छ’, उनले भने। आज मुलुक हरेक क्षेत्रमा असफलतातर्फ अघि बढेको उनले बताए।

अहिले मुलुक आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक सम्बन्ध, युवा परिचालन, जीविकोपार्जन, सामाजिक न्याय, सुशासन, सुरक्षा हरेक क्षेत्रमा असफल भएको पोखरेलको भनाइ छ। यही असफलताको कारण मानिस निराशाको स्थितिमा पुगेको उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस