जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ ।