• २०८३ असार ७ गते आइतवार

थप तीन जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,बाँके। बाँकेमा दुई जना र सुनसरीमा एक जना गरि थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० बर्षीय पुरुषको गएराति साढे ९ बजे र वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज विहान सवा ६ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । यो संगै कोरोनाबाट बाँकेका ५१ जनाको मृत्यु भएको छ ।

यता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।धनकुटा९४ घर भएकी ७७ वर्षीया महिलाको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणी पोखरेलले जानकारी दिए । उनमा उच्च रक्तचापकोसमेत समस्या थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । गत पुस १४ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी उनमा पुस १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस