फागुन ४, काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ । शुक्रबार राति आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल पुगेको छ ।

आगो निभाउने प्रयास भइरहेको छ । आगलागी कसरी भएको हो भन्ने कारण खुल्न सकेको छैन। थप विवरण आउँन बाँकी छ ।