माघ ३०, प्युठान । प्युठानको झिमरुक गाउपालिकाले जेष्ठनागरिकहरुका लागि उपाध्यक्ष कोशेलि कार्यक्रम संचालन गरेको छ। यस बर्ष देखि गाउपालिकामा रहेका १५० जना ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकको घरघरमै पुगेर निशुल्क स्वास्थ्य जाँच गरि निशुल्क औषधि उपलब्ध गराई घरपरिवारका अन्य सदस्यहरुलाई जेष्ठ नागरिकको हेरचाह सरसफाई र खानपिन बारे उचित परामर्स दिएको गाउपालिका स्वास्थ्य शाखा प्रमुख बिकास केशिले बताउनु भयो।
यस बर्षदेखि झिमरुक गाउपालिकाले तीन लाख रुपैया बजेट छुट्टाएर उपाध्यक्ष कोशेलि कार्यक्रम संचालन गरि जेष्ठनागरिकहरुको घरघरमा पुगि टोपी, टाबेल, मोजा, साबुन, पाउडर, नङकटसंगै हर्लेस च्यावनप्राश गरि एक जेष्ठ नागरिक बराबर रु दुई हजार पाच सयको कोशेलि बोकि घरघरमा गाउपालिका अध्यक्ष तिलक बहादुर जि सि, उपाध्यक्ष पबित्रा जिसि, स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधिहरु जेष्ठनागरिकको घरदैलोमा पुगेका छन। झिमरुक गाउपालिका चार निबासि ८६ बर्षिय भोटमान जिसिले आफुलाई घरमै स्वास्थ्य कर्मि आई पटक पटक निशुल्क स्वास्थ्य परिक्षण गरि औषधि उपचार पाउँदा अझै कयौ बर्ष बाच्ने हिम्मत जागेको बताउनु भयो भने नब्बे बर्षिय अमृता कुमारि जि सिले कोशेलि बोकेर गाउपालिकाका जनप्रतिनिधि स्वास्थकर्मी आफुलाई भेट्न आउदा भगवान आए जस्तोे भएको बताउनु भयो । नब्बे बर्षको उमेरमा पनि घरायसि सामान्य काममा निरन्तर खटिने अमृता जिसिले आफुले कान कम सुनेपनि स्वास्थ रहेको बताउदै धन्यवाद दिनुभयो।
उता आफुले कोशेली पाउदा पुरस्कार पाएको अनुभुती गर्दै बयानब्बे बर्षिया रिमबहादुर जिसिले झिमरुक सरकार सधैभरि जेष्ठनागरिकको स्वास्थमा चासो दिदा स्थानिय सरकार आएको अनुभूति भएको सुनाउनु भयो साथै उहाले अन्य सामाजिक क्षेत्र यातयात लगायतका ठाउमा पनि सहज बनाउन आग्रह गर्नुभयो।
जेष्ठ नागरिकहरुमा प्राय गरि हाई प्रेसर ,कान कम सुन्ने समस्या रहेको स्वास्थ शाखा प्रमुख केशिले बताउनु भयो । जेष्ठ नागरिकलाई घरमै पुगेर सेबा गर्न पाउँदा आफुलाई खुसि लागेको र जेष्ठनागरिकको साथमा रहेको गाउपालिका उपाध्यक्ष पबित्रा जिसिले बताउनु भयो । उहाले झिमरुक गाउपालिकाका ८ ओटै वडामा रहेका १५० जना जेष्ठनागरिकलाई कोशेली बोकेर जाने र उनिहरुको स्वास्थ्य मनोबल बढाउन सहयोग बताउनुभयो।
जेष्ठ नागरिकहरुको सल्लाह सुझाबलाई मनन गरि गाउपालिकाको बिकास निर्माणमा सहानुभूति थपिएको अध्यक्ष तिलक बहादुर जिसिले बताउनुभयो।