• २०८३ भाद्र १४ गते आइतवार

तारे होटलमा ‘फार्म टु प्लेट’ व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नवाली तथा अर्गानिक खाद्य बस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन्।

होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले ग्राहकहरूको रूची र चाहनाअनुसारको खाध्यान्न होटल व्यवसायीहरू आफैंले कृषि फ़र्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रूचीअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन सुझाव दिए।

Sharing

प्रतिक्रिया दिनुहोस