• २०८३ बैशाख ५ गते शनिवार

प्रधानमन्त्री प्रचण्डले सचिवालयबाट हटाए १३ कर्मचारी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जना कर्मचारीलाई हटाएका छन्। माघ १ गतेबाट लागु हुनेगरी ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए। सोही अनुसार कर्मचारी हटाउन थालिएको हो ।

419236809_380926634588243_1389449300172571315_n-1705393429.jpg

Sharing

प्रतिक्रिया दिनुहोस