• २०८३ असार ३ गते बुधवार

स्पाइडरम्यान फेम अभिनेता हल्यान्ड र जेन्डाया विवाह बन्धनमा बाँधिएको पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं ।  विश्वका चर्चित अभिनेता टम हल्यान्ड र जेन्डाया विवाह बन्धनमा बाँधिएको पुष्टि भएको छ । लामो समयदेखि उनीहरूको विवाहबारे चलिरहेको चर्चा अन्ततः सही साबित भएको हो । ३० वर्षीय अभिनेता हल्यान्डले एक अन्तर्वार्तामा आफू र २९ वर्षीया अभिनेत्री जेन्डाया पहिले नै विवाह गरिसकेको खुलासा गरेका छन् । उनले आफू अहिले जीवनकै सबैभन्दा खुसी अवस्थामा रहेको पनि बताएका छन् ।

यसअघि जेन्डायाका स्टाइलिस्ट ल इ रोचले पनि दुवैको विवाह भइसकेको दाबी गरेका थिए, यद्यपि दम्पतीले त्यसबेला औपचारिक पुष्टि गरेका थिएनन् । सामाजिक सञ्जालमा उनीहरूको विवाहका एआई–निर्मित तस्बिरहरू भाइरल भएपछि पनि चर्चाले थप गति लिएको थियो ।

हल्यान्ड र जेन्डाया सन् २०१६ देखि एकअर्कासँग सम्बन्धमा छन् । उनीहरू स्पाइडरम्यान चलचित्रको सेटमा भेटिएका थिए र त्यहीँबाट नजिकिएका हुन् ।

हल्यान्डले आफ्नो सम्बन्धबारे बोल्दै जेन्डाया आफ्नो सबैभन्दा नजिकको साथी भएको र जीवनमा सबैभन्दा बढी समर्थन र सुरक्षित महसुस गर्ने व्यक्ति उनी नै भएको बताएका छन् ।

दुवै कलाकारले आफ्नो सम्बन्ध वर्षौँसम्म निकै निजी राखेका थिए । हालै उनीहरू स्पेनको म्याड्रिडमा भएको एक कार्यक्रममा पहिलो पटक लामो समयपछि सँगै सार्वजनिक रूपमा देखिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस