• २०८३ बैशाख ६ गते आइतवार

आईपीएल : हैदरावादले बेंगलुरुलाई २८८ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनाएको हो।

हैदरावादका ट्राभिस हेडले सर्वाधिक १०२ रन बनाए। ४१ बल खेलेका उनले ९ चौका र ८ छक्क प्रहार गरे। हेनरिक क्लासेन ६७ र अभिषेक शर्मा ३४ रनमा आउट भए। पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए।

एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा अविजित रहे। बेंगलुरुका लकी फर्ग्युसनले सर्वाधिक २ विकेट लिए। रिस टोपलेको नाममा १ विकेट रह्यो।

Sharing

प्रतिक्रिया दिनुहोस