• २०८३ असोज २२ गते बिहिवार

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, बुटवल । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका-१ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको हो ।

प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको हो। दुर्घटनाबाट ३० जना घाइते भएका र त्यसमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ

Sharing

प्रतिक्रिया दिनुहोस