असोज २८, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ । अस्ट्रेलियाका लागि सन् २००७ को विश्व कप विजेता टोलीमा रहेका हजको आगमनले सुदूरपश्चिम रोयल्सले एनपीएलमा उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको जनाएको छ ।

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) समेत खलेका छन् । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले बताउनुभएको छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउँदो मङ्सिर १६ गतेदेखि एनपीएल शुरु हुँदैछ ।