• २०८३ जेष्ठ १७ गते आइतवार

११ किलो गाँजासहित २ जना प्रहरीकाे नियन्त्रणमा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, हेटौंडा । हेटौंडामा प्रहरीले बिहीबार विहान करिब पौने ८ बजे करिब ११ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टस्थित सडकमा सवारीसाधन चेक गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको वा. ४ ख ५९३७ नम्बर यात्रुबाहक बसका यात्री सर्लाहीको बलरा नपा वडा–६ बस्ने वर्ष २१ का सुजितकुमार सहनी र वर्ष २० का सरोजकुमार सहनीलाई नियन्त्रणमा दिएएको छ ।

उनीहरुलाई शंका लागेर खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा ११ किलो १ सय ग्राम लागुऔषध गाँजा फेला परेको हो । उक्त लागुऔषध गाँजासहित सहनीद्वयलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस