• २०८३ असार १० गते बुधवार

नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, नुवाकोट। नुवाकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका–५, केउरेनीका २४ वर्षीय प्रदिप राईको मृत्यु भएको हो।

सोमबार कुखुरालाई दानापानी दिने क्रममा खोरमा रहेको बिजुलीको तारमा छोइदा राई घाइते भएका थिए। उपचारका लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस