• २०८३ असार १० गते बुधवार

जीप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ । मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ । सो दुर्घटनामा एक पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस