चैत २८, काठमाडौं । आईपीएल २०२४ को २४ औँ खेल राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच हुँदैछ । गुजरातले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरि पहिले ब्याटिङ गरेको राजस्थानले तीन विकेट गुमाएर १९६ रन बनाएर गुजरातलाई १९७ रनको लक्ष्य दिएको हाे ।

यस खेलमा यशस्वी जैसवाल र जोस बटलरबीच पहिलो विकेटका लागि ३२ रनको साझेदारी भएको थियो । जैसवाल पाँच चौकाको मद्दतले २४ रन बनाएर आउट भए भने पछिल्लो खेलमा अविजित शतक प्रहार गरेका बटलरले आठ रन मात्र बनाउन सके । राशिद खानले उनलाई आफ्नो शिकार बनाए । स्पिनरले टी-२० क्रिकेटमा पाँचौं पटक अनुभवी ब्याट्सम्यानलाई आउट गरेका छन् ।
त्यसपछि सञ्जु स्यामसन र रायन परागले इनिङ्स सम्हालेका थिए । यी दुईबीच तेस्रो विकेटका लागि १३० रनको ठूलो साझेदारी भयो। यो खेलमा दुवैले अर्धशतक बनाएका थिए । रायनले ३४ बलमा ५० रन पुरा गरे । आईपीएलको १७ औं सिजनमा उनको यो तेस्रो अर्धशतक हो । योसँगै कप्तानले ३१ बलमा अर्धशतक पुरा गरेका छन् । आईपीएलको यो सिजनमा उनको करियरको यो तेस्रो अर्धशतक हो । योसँगै उनी राजस्थानका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । दुवैको यो साझेदारी मोहित शर्माले तोडेका थिए । उनले आफ्नो अन्तिम ओभरको पाँचौं बलमा ७६ रन बनाएका रियान परागलाई आउट गरे। यस क्रममा उनको ब्याटबाट तीन चौका र पाँच छक्का निस्केका थिए ।
शिम्रोन हेटमायर पनि पाँचौं नम्बरमा ब्याटिङ गर्न बलियो फर्ममा देखिएका छन् । उनले आएसँगै एक चौका र छक्का प्रहार गरे । उनी पाँच बलमा १३ रन बनाएर अपराजित रहे । योसँगै कप्तानले सात चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । उनी पनि अपराजित रहे । यो खेलमा गुजरातको बलिङ आक्रमण संघर्षरत देखिएको थियो । उमेश यादव, राशिद खान र मोहित शर्माले एक–एक सफलता हात पारे ।