• २०८३ बैशाख १४ गते सोमवार

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । गीतकार नुतन भुसालले लेखेकी प्रेमिल भावको गीत ‘एउटा सानो घर’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वरमा सार्वजनिक भएको छ । उक्त गीतमा संगीत सुनिल मास्केको रहेको छ ।

नुतन भुसालको अफिसियल युटुव च्यानल नुतन म्युजिक मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो गोदावरीको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको एरेन्ज संजिव बराइलीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ । ए वान म्युजिशियनको स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले नुतन भुसालका शब्दका भावहरु भिडियोमा सर्लक्क उतारेकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस