• २०८३ बैशाख ३१ गते बिहिवार

एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राइ बिजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन् ।

अध्यक्षमा बिजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मतमा सिमित हुन पुगेका थिए । प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेका अनुसार उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भए भने सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका थिए ।

उपसचिवमा कविता राई र जुद्धबहादुर पुलामीमगर चयन भएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस