फागुन ३०, काठमाडौँ । प्रतिनिधिसभामा आगामी चैत ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। यसअघि नै विभाजित गरिएको समूहको चौथो समूहमा रहेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्ने छन्।

त्यसका लागि चैत ३ गतेभित्र संसद सचिवालयमा प्रश्न लिखित रुपमा बुझाउन सभामुख देवराज घिमिरेले सांसदहरूलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको अर्को बैठक चैत १ गते बिहीवार (भोलि) बस्नेछ।