• २०८३ बैशाख २० गते आइतवार

काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपाल उज्वेकिस्तानसँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६, काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जित्न नेपाल असफल भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल भएको हो । नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो ।

पहिलो सेट जितेको नेपालले त्यसपछिका तीन वटा सेटमा लगातार हार बेहोर्‍यो । हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । उज्वेकिस्तान समूह चरणका सबै पाँच खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस