• २०८३ मङ्सिर १० गते बुधवार

रौतहटमा फेरि अर्को वडा अध्यक्षको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७,  रौतहट । रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामायिक निधन भएको छ ।

लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन् । नेकपा माओवादी केन्द्रको टिकटबाट उनी २०७९ को स्थानीय तहको निर्वाचनमा लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यस अघी २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरुको निधन भएको छ ।

लामो समय रिक्त रहेको उक्त तीनवटै वडाहरूमा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस