• २०८३ असार १५ गते सोमवार

कुशल मल्लले लिए क्यानडाको तेस्रो विकेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौ ।  नेपालविरुद्धको खेलमा क्यानडाको तेस्रो विकेट गुमेको छ। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसिय खेलको तेस्रो दिनमा कुशल मल्लले विकेट लिएका हुन्।

क्यानडाका निकोलस क्रिटन तीन रन बनाएर आउट भएका हुन्। पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए। उनले ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए।

यस्तै दोस्रो आकाश चन्दले लिएका थिए। २२ रन बनाएर खेलिरहेका​ सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलको क्याचमा आउट भएका हुन्।

हाल क्यानडाले २० ओभरको समाप्तिमा ८१ रन बनाएर खेलिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस