• २०८३ असार ७ गते आइतवार

प्रचण्ड, ओली र देउवाले भेटे राष्ट्रपति पौडेललाई

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। शुक्रबार शितल निवासमा उनीहरूले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस