• २०८३ जेष्ठ २१ गते बिहिवार

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, चितवन । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएका पर्यटकको सङ्ख्या बढेको छ । यस अविधिमा निकुञ्जमा एक लाख आठ हजार २५४ पर्यटकले भ्रमण गरिसकेका छन् । निकुञ्जमा आव २०७७र७८ मा घुम्न आउने पर्यटकको सङ्ख्या ९२ हजार २०९ मात्रै थियो । त्यस्तै आव २०७६र७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले भ्रमण गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवको पहिलो आठ महिनामा विदेशी पाँच हजार ३९४ मध्ये दुई हजार ५४० महिला र दुई हजार ८५४ पुरुष थिए । तीमध्ये सार्क मुलुकका चार हजार ८६५ जना थिए ।आन्तरिक पर्यटकको सङ्ख्या भने उल्लेख्य मात्रामा रहेको छ ।

चालु आवको आठ महिनामा ९७ हजार ८९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा ४९ हजार सात महिला र ४८ हजार ८८८ पुरुष रहेका र गत आवमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेका उहाँले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा निकुञ्ज प्रवेश गरेका एक लाख ८ हजार २५४ पर्यटकमध्ये ५३ हजार ८०९ महिला र ५४ हजार ४४५ पुरुष रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस