• २०८३ असार १७ गते बुधवार

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित शाहको सालिकमा माल्यार्पण गरेका हुन्।

सो अवसरमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गरेका थिए। पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन्। राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस