• २०८३ जेष्ठ २१ गते बिहिवार

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौं । काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँ सहित चितवन भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.२०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस