• २०८३ जेष्ठ २८ गते बिहिवार

दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, दाङ । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

उनका अनुसार  बिहान करिब साढे पाँच बजे जङ्गली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस