• २०८३ असार ५ गते शुक्रवार

कोरोना कहर : पालिकाले माग्यो करार कर्मचारी

बेरोजगार लाई सुवर्ण अवसर
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ०७ मुगु । हिमाली जिल्ला मुगुमा चार स्थानीय तह मध्ये एक गाउपालिकाले कोरोना कहरका बेला सुवर्ण अवसर ल्याएको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिकाले विभिन्न पदमा रित्त रहेका स्वास्थ्यकर्मीहरुको लागि दरखास्त आब्हान गरेको हो ।

रोजगारीको लागि छटपटाई रहेका नेपाली नागरिकहरुलाई केही आवश्यक करार स्वास्थ्यकर्मीको भर्ना आब्हान गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त पारिरहेको अवस्थामा मुगु जिल्ला पनि अछुतो नरहेकाले र गाउपालिका सञ्चालन गरेको १० शैयाको कोभिड अस्थाई अस्पताल र पालिकाका विभिन्न स्वास्थ्य संस्थामा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा बाट पदपुर्ति गरि आवश्यक कार्य गर्नु पर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले शैक्षिक योग्यता नेपाली नागरिकताको प्रतिलिपि सहित दरखास्त आब्हान गरिएको मुगुम कार्मारोगं गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार पालिकाले रित्त रहेका ६ वटा तहमा दरखास्तको लागि आब्हान गरिएको छ, जसमा  मेडिकल अधिकृत १, हेल्थ असिस्टेन्ट १, स्टाप नर्स १, अ.हे.व २, अनमि २ र ल्याव असिस्टेन्ट १ जना गरि जम्मा ८ जनाको लागि करारमा सेवामा स्वास्थ्यकर्मीको लागि दरखास्त गरिएको कठायतको भनाई छ । परिक्षाको किसिम गाउपालिकाको करार सेवा कार्यविधि २०७५ बमोजिम अन्तवार्ता हुनेछ ।

दरखास्त दिने अन्तिम मिति जेष्ठ १० गते भित्र दिई सक्नु पर्नेछ । साथै दरखास्त फारम गाउपालिकाको वयभ साईट बाट डाउलोड गरि र्गा सकिने पनि ब्यवस्था मिलाईएको गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी दिए । दरखास्त १८ वर्ष परा भई सो भन्दा माथिका नागरिकले दिन पाउने छन भने गाउपालिकाको शाखामा रहेको खाता नम्बर ४५५०१००३०१०१०००३ मा जम्मा गरि सक्कल भौचर पनि पेश गर्नु पर्नेछ । गएको जेठ ४ गते पालिका खवरमा कार्मारोङ्ग गाउपालिकामा डाक्टर विहिन भन्ने शिर्षकमा समाचार प्रकाशन भएको थियो । सोही समाचार लाई आत्म साथ गर्दे गाउपालिकाले एक सुचना जारी गर्दे स्वास्थ्यकर्मी करार सेवामा कर्मचारीको लागि भर्ना आब्हान गरिएको जनाईएको छ ।

गत वर्ष २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगिको भरमा अस्थाई कोभिड अस्पताल सञ्चालनमा रहेको थियो भने अस्पताल पनि सञ्चालनमा आउन सकेको थिएन । अहिले सो गाउपालिकामा ४ जना लाई कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिकावोटिले बताए ।

Open Photo

Sharing

प्रतिक्रिया दिनुहोस