• २०८३ भाद्र २८ गते आइतवार

बिरगञ्जमा रबी लामिछानेको बयान सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, पर्सा। पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको आजबाट बयान सुरू भएको छ। पोखराबाट काठमाडौं हुदैँ बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू भएको हो ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको हो ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाइ गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो ।

त्यस पछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ । अब मंगलबार बिहानवाट उनको बिरगञ्जमा बयान सुरू भएको हो

Sharing

प्रतिक्रिया दिनुहोस