मंसिर २५, काठमाडौं । आज सुनको मुल्य एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलामा एक लाख ५० हजार एक सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलामा एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो ।