• २०८३ बैशाख १९ गते शनिवार

आईपीएल : गुजरातकाे चेन्नईलाई २३२ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौँ। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई २३२ रनको लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३१ रन बनाएको हो।

गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक १०४ रन बनाए। ५५ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे। गिलको आईपीएल करिअरमा यो चौथो शतक हो। साई सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए। आईपीएलमा सुदर्शनको यो पहिलो शतक हो। पहिलो विकेटका लागि यी दुईबीच २१० रनको साझेदारी भएको थियो।

शाहरुख खान २ रनमा आउट हुँदा डेभिड मिलर १६ रनमा अविजित रहे। चेन्नईका तुषार देशपाण्डेले २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए।

Sharing

प्रतिक्रिया दिनुहोस