असोज ७, वर्दिया । प्रहरीले सटर तोडफोड गरी मोवाइल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारमा रहेको क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोवाइल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३० वर्षीय ईस्लाम दिन र बाँके डुडुवा गाउँपालिका-७ बस्ने ४० वर्षीय मुसा कुरेसी रहेका छन् । प्रहरीले ईस्लामलाई मोवाइल चोरी भाग्दै गरेको अवस्थामा घटनास्थलबाटै पक्राउ गरेको हो भने चोरीमा संलग्न मुसालाई बढैयाताल गाउँपालिका(३ भोलागौडी बजार नजिकबाट चोरी भएका ४ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको हो । दुवै जना उपर जिल्ला अदालत वर्दियाबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।